विद्युतीय गाडीलाई प्राथमिकतामा राख्न यातायातमन्त्री महासेठको आह्वान

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ पौष ३०, सोमबार (६ साल अघि)
  • ३५ पटक पढिएको
Post Thumbnail

पौष ३०, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले पेट्रोल गाडीलाई हतोत्साहित गर्नुपर्ने बताएका छन् । नाडा अटोमोबाइल्स एशोसिएशन नेपालको ४२औं साधारण सभामा बोल्दै मन्त्री महासेठले विद्युतीय गाडीलाई प्रोत्साहन गर्दै अन्य गाडीलाई प्राथमिकतामा राख्न नहुने बताएका हुन् ।

‘अटोमोबाइल धेरै भो बन्द गर्नुपर्छ भन्ने सरकारको उद्देश्य होइन, नाडाले विद्युतीय गाडीलाई प्राथमिकता दिएर आयात गर्नुपर्छ,’ उनले भने ‘यातायातको विकास तथा प्रदुषण नियन्त्रण गर्न विभागले गरेको अनुरोधमा ३०० विद्युतीय बस आयात गर्न सरकार गम्भीर रुपमा अघि बढेको छ’ । प्रत्यक्ष अप्रत्यक्ष रुपमा अटो क्षेत्रबाट २० लाख बढीले रोजगारी पाएको र यसबाट सरकारलाई ठूलो राजस्व पनि संकलन भएको उल्लेख गर्दै उनले सरकार विकास निर्माणको कार्यमा अघि बढिसकेको बताए ।

शुक्रवार आयोजित साधारणसभामा नाडा अटोमोबाइल्सका अध्यक्ष शम्भुप्रसाद दाहालले अटो देशको समृद्धिको आधार भएको बताउँदै नाडा अटो शोका लागि प्रदर्शनीस्थल निर्माण गर्न, भन्सार मूल्यांकन गर्न, बजेट निर्माण गर्दा अटो क्षेत्रलाई प्राथमिकतामा राख्न सरकारसँग अपिल गरे ।

सो अवसरमा ‘नाडा अटो डाइरेक्ट्री २०१९’ विमोचन समेत गरियो ।

ताजा अपडेट

खोजी गर्नुहोस