तर्सपु साना किसान कृषि सहकारीको नवौ बार्षिक साधारण सभा तथा नवनिर्मित पक्की भवन उद्धघाटन सम्पन्न

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ माघ १, मंगलबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

माघ १,धादिङ । थाक्रे गााउपालिकामा रहेको तर्सपु साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवौ बार्षिक साधारण सभा तथा नवनिर्मित पक्की भवन उद्धघाटन सम्पन्न भएको छ । नेकपाका नेता तथा पुर्व मन्त्री राजेन्द्र पाण्डेले कार्यक्रमको उद्धघाटन गर्दै समग्र धादिङको विकासको लागी आफुले प्रदेश सरकारसंग समन्वय गरेर अगाडी बढिरहेको बताए । उनले थाक्रेमा पनि यसपाली करिब ५ करोडको योजना अघि सारिएको बताए ।

उनले भने–थाक्रेको विकासको लागी म राजनितीमा आएदेखि नै सचेत छु, खासगरी सडकको स्तरोन्नती र दिगो विकासमा मैले जोड दिएको छु, नेता पाण्डे यसपाली थाक्रेमा सडक,सिंचाई र खेल मैदानको लागी विशेषगरी बजेट छुट्याइएको बताए । उनले भने–’आगामी बर्षबाट दामेचौर–बाहुनथान सम्म कालोपत्रेको काम अघि बढाउनुपर्छ,त्यसको लागी वडा र गाँउपालिकाले सडक मापदण्ड पुर्याएर फराकिलो बनाउने काम गरोस् ।’ मन्तव्य अवधीभर विकास र सम्बृद्धीको सवालमा भईरहेको र आगामी योजनामा समय खर्चिएका नेता पाण्डेले आफु जनताको वास्तविक विकासमा जोड दिने गरेको बताए । उनले सहकारीमा सबैजना सक्रिय भएमात्रै सफल हुने बताउदै तर्सपु साना किसान सहकारीको भवन बनाउन १३ लाख उपलब्ध गराएको उल्लेख गरे । उनले आगामी दिनमा भवनको दोस्रो तल्ला बनाउन २५ लाख सहयोग गर्ने समेत बताए ।

कार्यक्रममा थाक्रे गाँउपालिका अध्यक्ष राम कुमार आचार्यले प्रदेश सरकारले छुट्याएको बजेट खर्च गर्ने कार्यविधि टुङ्ग्याउन आग्रह गर्दै नेता पाण्डेलाई भने– ‘यहा कर्मचारी पटक–पटक फेरिएको छ’,यसमा प्रदेश देखी केन्द्रसम्म आवाज उठाईदिन पर्नेमा जोड दिए । यसैगरी कमर्यक्रममा साना किसान कृषि सहकारी संस्था लिमिटेडका केन्द्रिय अध्यक्ष खेम पाठकले साना किसानहरुको लागी नै साना किसान कृषि सहकारी गाँउमा आएकोले यसको सबैले जर्गेना गर्नुपर्ने बताए ।

उनले सहकारीको उठाउन बाँकी बक्यौता रकम उठाउन जोड दिँदै आफ्नो व्यवसायको लागी ठुला बैँकहरुले कुनै समय नपत्याएको बताउदै अहिले तसर्पुका किसानले आफुले चाहेको व्यवसाय गर्न पाएको र अप्ठ्यारोमा सहयोग गर्ने साथी भएको बताए । कार्यक्रममा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सभापति तथा सहकारीका अध्यक्षले संस्थाको बार्षिक प्रतिवेदन पेश गरेकी थिईन भने हास्यव्यङ्ग्य कलाकार पुरुषोतम भण्डारी (पुर्खे बा) ले मनोरञ्जन दिएका थिए । कार्यक्रममा थाक्रे गाँउपालिकाका उपाध्यक्ष अम्बिका रुपाखेती,वडा अध्यक्षहरु भुमी बहादुर तामाङ,गणेशमान वाईवा, नेकपा जिल्ला नेता शंकर तामाङ,सहकारीका जिल्ला अध्यक्ष रंग थपलिया लगायतको उपस्थिती रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस