ठूला जलाशययुक्त परियोजना स्वदेशी लगानी मै बन्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ माघ ९, बुधबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

माघ ९, काठमाडौं । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र भारतीय उर्जा मन्त्रालयका सचिव अजय भल्लालाबीच शिष्टाचार भेटवार्ता भएको छ।

बुधवारदेखि पोखरामा हुने दुवै देशका ऊर्जा तथा जलस्रोत सचिव स्तरीय छैटौं ‘जोइन्ट स्टेयरिङ कमिटी’(जेएसटिसी)बैठकमा सहभागी हुन नेपाल आएका सचिव भल्ला र उर्जा मन्त्री पुनबीच मंगलबार भेटवार्ता भएको हो।

भेटमा मन्त्री पुनले सरकारले बुढीगण्डकी र दुधकोशी जस्ता ठूला जलाशययुक्त आयोजना बनाउन लागेको भारतीय सचिव भल्लालाई जानकारी दिए।

त्यसले भारतको बाढी नियन्त्रण, सिंचाई र खानेपानीका लागि समेत सहयोग पुग्ने उनको धारणा छ। त्यसका साथै उनले तल्लो तटिय लाभका बारेमा भारतसंग छलफल गर्ने नेपालको चाहना रहेको इच्छा प्रकट गरे।

मन्त्री पुनले भने, ‘हामीले नेपालमा ठूला जलाशययुक्त परियोजनाहरु बनाउंदैछौ। यसले नेपाललाई मात्र नभई भारतको बाढी नियन्त्रणमा समेत सहयोग पुग्नेछ भन्नेमा विश्वास गरेका छौँ।’

मन्त्री पुनसँगको भेटमा सचिव भल्लाले अरुण तेस्रो परियोजनामा भइरहेको प्रगती बारे जानकारी गराए। साथै उनले तल्लो तटिय लाभका वारेमा भारतसँग छलफल गर्न चाहेको बताए।

सचिव भल्लाले सचिव स्तरीय वैठकमा अन्र्तरदेशिय प्रशारण लाइन, १३२ केभीको कटैया-कुसाहा र रक्सोल-परवानीपुर दोस्रो सर्किट निर्माणमा भारतीय लगानी सम्बन्धी छलफल हुने बताए।

न्यु वुटवल-गोरखपुर अन्तरदेशिय प्रशारण लाइनको बारेमा प्राविधिक तहमा प्रयाप्त छलफल भएको भन्दै सचिव स्तरीय वैठकमा त्यसको टुंगो लगाउने गरी छलफल गर्ने तयारी रहेको उनको भनाइ छ। त्यसका साथै इनर्जी वैंकिङको लागि प्राविधिक तहमा घनीभूत छलफल भएको भन्दै त्यसमा सहमतीको प्रयास हुने उनले बताए।

ताजा अपडेट

खोजी गर्नुहोस