अब कोलकाताबाट पाँच दिनमै आइपुग्छ वीरगञ्जमा सामान

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ माघ १३, आईतबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ १३, काठमाडौं । नेपाली व्यवसायीहरुले तेश्रो मुलुकसँगको व्यापारमा रहेको झन्झटिलो व्यवस्थाबाट मुक्ति पाउने भएका छन्।

आउँदो फागुन ३ देखि भारतको कोलकाता तथा हल्दिया पोर्टमा विद्युतीय कार्गो प्रणाली (ईसीटीएस) लागू हुने भएपछि नेपाली व्यवसायीको लागत र समय दुबै बच्ने भएको हो।

कोलकाताबाट सामान छुटाउन यसअघि १ महिनासम्म लाग्ने गरेकोमा अब बढीमा पाँच दिनमात्र लाग्नेछ।

यसबाट बिलम्ब शुल्कसमेत बेहोर्नु नपर्ने भएपछि नेपाली व्यवसायीको लागत घट्ने तथा उपभोक्ता मूल्यसमेत कम हुनेछ।

विद्युतीय कार्गो प्रणालीले नेपालको आयात तथा निर्यात व्यापार थप सहज बन्ने विश्वास उद्योगी व्यवसायीले गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस