भद्रपुरमा आजदेखि रात्रि उडान

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ माघ १६, बुधबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ १६, भद्रपुर । पूर्वका चार जिल्लाको प्रवेशद्धार मानिने झापाको भद्रपुर विमानस्थलमा बुधबारदेखि रात्रि उडान सुरु भएको छ । यसअघि लो–भिजिविलिटी र सूर्यास्तपछि उडान हुँदैन्थ्यो । उक्त विमानस्थलमा एरिया नेभिगेशन भनिने आरएनएभी प्रविधि जडान भएकाले अब रात्रि उडान र लो–भिजिविलिटीमा पनि उडान सम्भव हुने भएको हो ।

भद्रपुर विमानस्थल प्रमुख पूर्ण चुडालका अनुसार, बुधबार बुद्ध एयरको विमानले यस प्रविधि सहायताबाट जहाज उडान र अवतरण गरेको थियो। यसअघि विमानलाई ५ हजार मिटरको भिजिविलिटी आवश्यक पर्थ्यो। अब २२ सय मिटर भिजिविलिटी भए पुग्ने भएको छ,’ विमानस्थल प्रमुख चुडालले कान्तिपुरसँग भने। भद्रपुरमा आरएनएभी प्रविधि र लाइट सिस्टम जडानमा नागरिक उड्डयन प्राधिकरणले ११ करोड खर्च गरेको जनाएको छ। रात्रिकालीन उडान उद्घाटन भने भोलि (बिहीबार) प्रधानमन्त्री केपी ओलीले गर्ने कार्यक्रम छ।

भद्रपुरसँगै रात्रि उडान हुने विमानस्थलको संख्या ६ पुगेको छ। आरएनएभी प्रविधि जडान भएपछि धनगढी, नेपालगन्ज, भैरहवा, सिमरा, विराटनगरमा रात्रि तथा लो–भिजिविलिटीमा पनि उडान हुँदै आएको थियो। यो सूचीमा अब भद्रपुर पनि थपिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस