पर्वतको ग्रामिण क्षेत्रमा पनि थ्री जी सेवा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ माघ २१, सोमबार (६ साल अघि)
  • ३२ पटक पढिएको
Post Thumbnail

माघ २१, पर्वत। कमजोर नेटवर्कका कारण राम्रोसंग मोबाईलको प्रयोग गर्न नपाएका पर्वतका ग्रामिण क्षेत्रका बासिन्दाले अब भने राम्रो नेटवर्कसंगै तिब्र गतिको ईन्टरनेट पनि चलाउन पाउने भएका छन्।

नेपाल टेलिकम पर्वतले जिल्लाका दुर्गम ठाउँहरुमा समेत बि.टि.एस. टावर निर्माण गरेर सेवालाई बिस्तार गर्नुको साथै प्रभावकारी बनाएपछि ग्रामिण क्षेत्रमा रहेका मोबाईल प्रयोगकर्तालाई सजिलो हुने भएको हो।

नेपाल टेलिकम पर्वतका निमित्त प्रमुख केशवप्रसाद भुसालका अनुसार चालु आर्थिक वर्षको भदौ यता मात्र २० ओटा बिटिएस टावर निर्माण गरिसकिएको छ। टावरले राम्रोसँग काम नगर्ने र ईण्टरनेट चलाउन समस्या भएका कुनाकाप्चामा टावर थपिएको हो।

भुसालका अनुसार यस्तो प्रविधिको टावर पैयुँको हुवास, शालिग्राम, बालाकोट, थापाठाना, शंकरपोखरी, खानीगाउँ, पाङराङ, मुडिकुवा, पकुवा, पिपलटारी, गोदाम, दुर्लुङ, पाङमा धाईरिङ, शालिजा, पातिचौर लगायतका ठाउँमा निर्माण गरिएको छ।

टावर बिस्तार गरिएको ठाउँमा राम्रो सेवा प्राप्त भएको स्थानीयबासिन्दाले बताएका छन्। पहिले मोवाईलमा टावर नटिप्ने समस्या रहेको ठाउँमा सहजै टावर टिपेको र द्रुत गतिमा थ्रिजी सेवा उपयोग गर्न पाएको सर्वसाधारण बताउँछन्।

टेलिकम पर्वतले कुश्मा नगरपालिका, फलेवास नगरपालिका, मोदी र जलजला गाउँपालिकाका बजार क्षेत्रमा ए.डि.एस.एल सेवा बिस्तार गरेको छ। ल्याण्डलाईन टेलिफोन नपुगेको ठाउँमा भने तार रहित वाई म्याक्स ईण्टरनेट बिस्तार गर्न सकिने कार्यालयले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस