वर्षाका कारण धादिङका उद्योगमा पकाउन राखेका करोडौँका इँटा नष्ट

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ माघ २७, आईतबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

माघ २७,धादिङ । लगातार तीनदिनको वर्षाका कारण यहाँका उद्योगमा पकाउन राखेका करोडौँका इँटा नष्ट भएका छन् ।

पकाउनका लागि तयारी अवस्थामा राखिएका इँटा काम नै नलाग्ने गरी बिग्रएपछि उद्योग सञ्चालक समस्यामा परेको इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष एकराज गजुरेलले बताए ।

बैंकबाट ऋण लिएर उद्योग खोलेका र इँटा बिक्री गरेर बैंकको किस्ता रकम तिर्नसमेत इँटा नष्ट भएपछि समस्या आएको उद्योग सञ्चालकले जनाएका छन् ।

काँच्चो इँटाको बीमासमेत नहुने र सरकारले समेत क्षतिपूर्ति नदिने भएकाले समस्या आएको हो । जिल्लामा रहेका प्रत्येक इँटा उद्योगमा १० देखि १५ लाखसम्म पकाउन तयारी गरिएका इँटा लगातारको पानीले नष्ट भएको इँटा उद्योग व्यवसायी सङ्घले जनाएको छ ।

प्रतिइँटाको लागत रु सातसम्म पर्ने गरेको छ । जिल्लाभर ३७ उद्योगका करीब चार करोड काँचो इँटा रहेका र रु ३० करोड मूल्यबराबरको नोक्सानी भएको सङ्घले जनाएको छ । विसं २०६७ देखि जिल्लामा इँटा उद्योग सञ्चालनमा आएकामा सबैभन्दा बढी इँटा उद्योग धुनीबेँसी नगरपालिकामा २७ उद्योग सञ्चालनमा रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस