भित्री चत्रपथ निर्माण गरिँदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ माघ २७, आईतबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ २७, काठमाडौं । तुलसीपुर उपमहानगरपालिकाले भित्री चक्रपथ निर्माण शुरु गरेको छ । उपमहानगरपालिकाभित्र २२।५ किमी लामो चक्रपथ निर्माण थालेको हो ।

नगरप्रमुख घनश्याम पाण्डेका अनुसार चालू आर्थिक वर्षभित्र उपमहानगरपालिकाका–७ राजापुरदेखि तुलसीपुर–३ गोठीखोलासम्म पहिलो चरणमा निर्माण सम्पन्न गरिनेछ ।

भित्री चक्रपथका लागि आव २०७३÷७४ मा उपमहानगरले विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार पारेको थियो । सोहीअनुरुप कामको शुरुआत गरिएको शहरी विकास तथा भवन कार्यालय घोराहीका इञ्जिनीयर नारायण वलीले जानकारी दिए ।

चालू आवमा चक्रपथको कालोपत्रे र अन्य विभिन्न संचरना निर्माणका लागि रु तीन करोड प्रदेश सरकारले विनियोजन गरेको थियो । राजपुरबाट आँखा अस्पताल हँुदै गोठीखोलासम्म यस वर्ष काम हुने छ ।

भित्री चक्रपथले तुलसीपुरका वडा नं ७, ६, ४, ३, ९ र १० लाई समेट्ने छ । चक्रपथ सात मिटर चौडाइको हुनेछ । भित्री चक्रपथमा पर्ने ५०० मिटर सठक गत आवमै कालोपत्रे भइसकेको तुलसीपुर उपमहानगरपालिकाका इञ्जिनीयर पवनकुमार योगीले जानकारी दिए। “चक्रपथको काम वहुवर्षीय योजनाअन्र्तगत भइरहेको छ”” उनले भने । रासस

ताजा अपडेट

खोजी गर्नुहोस