हेटौँडामा राष्ट्रिय औद्योगिक व्यापार मेला हुने, यस्तो छ-मेलाका आर्कषणहरु !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ फागुन ७, मंगलबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

फागुन ७, काठमाडौं । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा फागुनमा राष्ट्रिय औद्योगिक व्यापार मेला २०७५ हुने भएको छ । विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुको सहयोगमा आयोजना हुन लागेको मेला फागुन १६ गतेदेखि २६ गतेसम्म चल्नेछ ।

उद्योगको उत्पादनहरुलाई सहज ढंगले उपभोक्ता समक्ष पुर्याउँदै आर्थिक सामाजिक विकासमा टेवा पु¥याउन विगतमा जस्तै अहिले पनि मेला आयोजना गरिएको संघले जनाएको छ ।

मेलामा मकवानपुरका चेपाड्डहरुले खाने गिठ्ठा, भ्याकुर जस्ता स्थानीय तथा मौलिक बस्तुहरुको प्रदर्शनी, पञ्चेबाजा, खैंजडी भजन जस्ता स्थानीय संस्कृति, भेषभुषाहरुको प्रवद्र्धन, स्थानीय माछा, कृषि उपजहरुको प्रवद्र्धन तथा लघु तथा घरेलु उद्यम, हस्तकला, औद्योगिक बस्तु तथा सेवाहरुको प्रवद्र्धन गरिने छ ।

यसपटक ३ नं. प्रदेश अन्तर्गतका उद्योग वाणिज्य संघहरु मार्फत ३ नं. प्रदेशभित्रका स्थानीय उत्पादनहरुको पनि प्रदर्शनी गरिनेछ । मेलाको तयारी अन्तर्गतको सम्पूर्ण कार्यहरु तिव्र गतिमा अघि बढिरहेको आयोजकले जनाएको छ।

हास्य कलाकार जितु नेपाल (मुन्द्रे), उमेश राई (फुलन्देकी आमा), शिवहरी पौडेल (मुखा हानु जस्तो), किरण केसी (राता मकै), सन्ध्या बुढा (काउली बुढी) आदी राष्ट्रिय कलाकारहरुको हास्य प्रस्तुती रहेका छन् ।

गायनमा शिव परियार, सुजिल कर्माचार्य, अशोक दर्जी, सुगम पोखरेल, प्रदाप दास, निसान भट्टराई, कृष्ण काफ्ले, राजनराज सिवाकोटी, कुलेन्द्र विक, कमल क्षेत्री, मिलन लामा, प्रिती आले, चेतन सापकोटा, शिव हमाल, निशा लामा, सुनिल थापा, रेखा लामा, टंक बुढाथोकी, ए आर बुढाथोकीलगायत राष्ट्रिय कलाकारहरु संगसंगै स्थानीय कला समूह तथा कलाकारहरुको प्रस्तुती रहनेछ ।

साथै मेला अवधिभर विभिन्न विशेषज्ञ डाक्टरहरुलाई सहभागि गराई निःशुल्क स्वास्थ्य शिविर संचालन गरिनेछ ।

गायन कला प्रतियोगिता जिपिएक्स हेटौंडा आईडल कार्यक्रम पनि आयोजना गरिनेछ । प्रथम पुरस्कार ४० हजार, दोश्रो पुरस्कार २० हजार र तेश्रो पुरस्कार १० हजार र अन्य तोकिएका सुविधाहरु प्रदान गरिने आयोजकले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस