सेवामा थप विस्तार गर्दै टेलिकम

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ फागुन १०, शुक्रबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

फागुन १०, काठमाडौं । नेपाल टेलिकमले टेलिकमको सेवामा थप विस्तार गर्दै लैजाने योजना अघि सारेको छ ।

देशैभरि टेलिकमको सेवालाई उच्च गुणस्तरीय बनाउन लागिपरेको दाबी गरिएको छ ।

टेलिकमले प्रविधिको पहुँच नपुगेका दुर्गम ठाउँहरुमा पनि बीटीएस र स्याटेलाइटको माध्यमबाट सेवा प्रदान गर्दै आएको छ । तर, समय–समयमा भने टेलिकमको सेवामा समस्या आउने गरेको छ ।

विद्युतीय कारणले गर्दा, रेडियो उपकरणको समस्याका कारणपनि टेलिकमको सेवा अवरोध हुने गरेको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारी बताउँछन् ।

सेवामा आउने अवरोध अन्त्य गर्न संरचनामा परिवर्तन र सुधार गर्ने प्रयास भइरहेको उनको भनाइ छ ।

सेवाको विस्तार गर्दै थप नयाँ योजनाको साथ अघि बढ्ने तयारी गरेको टेलिकमले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस