१७ अर्ब चिनियाँ लगानीमा धादिङमा सिमेन्ट उद्योग सञ्चालनमा आउने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ फागुन १८, शनिबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

फागुन १८, धादिङ । धादिङको महादेवस्थानस्थित ताल्ती खोलामा चिनियाँ लगानीमा सिमेन्ट उद्योग सञ्चालनमा आउने भएको छ । चारैतिर विपन्न चेपाङ बस्ती रहेको ताल्तीमा ९४ जनाको ४ सय रोपनी जग्गा खरिद गरी उद्योग सञ्चालनमा ल्याउने तयारी भएको हो ।

बेनीघाट रोराङ २ ताल्ती खोलामा हुआसिन सिमेन्ट उद्योगको सभामुख कुष्णबहादुर महारादले शुक्रबार शिलान्यास गरेका छन् । उनले सन् २०१८ मा नेपाल सरकारले चीनसँग गरेको ‘वान वेल्ट वान रोड’ सम्झौताअनुरुप नै यो ठुलो उद्योग सञ्चालनमा आउन लागेको बताए ।

चीनस्थित हुआसिन जगबहल सिमेन्टका उपाध्यक्ष सु जाङ हुले चीनले नेपाललाई थुप्रै प्रोजेक्टमा सहयोग गरेको र यस सिमेन्ट प्रोजेक्टले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने जनाए ।

ताजा अपडेट

खोजी गर्नुहोस