लगानीमैत्री वातावरण बन्दै : मन्त्री ज्ञवाली

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ फागुन २६, आईतबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फागुन २६, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पर्यटनमार्फत आय बढाउने कार्यमा सरकार लागि परेको बताएका छन् ।

भिजिट नेपाल २०२० मा २० लाख पर्यटक ल्याउने गरी काम गरिरहेको पनि उनको भनाइ छ ।

ट्राभल हिमालय म्यागेजिनको २०औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री ज्ञवालीले गत वर्ष १२ लाख पर्यटक भित्रिएका र त्यसैको आधारमा भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउन सकिने बताए ।

आगामी लगानी सम्मेलनमा पर्यटन क्षेत्रको पूर्वाधारमा लगानीमैत्री वातावरण बनाउने भन्दै पर्यटन क्षेत्रले गरिबी निवारणमा योगदान पु¥याउँदै आएको उनले बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले भिजिट वर्ष २०२० सफल बनाउन सबैै क्षेत्रको सहयोग आवश्यक पर्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस