प्रदेश २ मा उद्योग खोले २० वर्ष कर छुट

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ चैत्र ५, मंगलबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत ५, काठमाडौँ । प्रदेश २ मा उद्योग खोले २० वर्षसम्म सबै कर छुट दिने यहाँको सरकारले निर्णय गरेको छ।

सोमबारको मन्त्रिपरिषद् बैठकले उद्योगमैत्री वातावरण बनाउन कर छुटसहित ५ योजना ल्याएको प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले बताए।

उद्योग खोल्न सहज रुपमा जग्गा उपलव्ध गराउने, प्रदेशभित्र उद्योग सुरक्षा इकाइ गठन गरी उद्योग सुरक्षा दिने, उद्योग दर्ता ३ घण्टामा पूरा गर्ने र उद्योग क्षेत्रभित्र नियमित विद्युत् प्रवाह गर्ने निर्णय समेत सरकारले गरेको छ।

मुलुकभर रहेका उद्योगहरुको संख्याका आधारमा प्रदेश २ तेश्रो स्थानमा छ। राष्ट्र बैँकले गरेको एक अध्ययनअनुसार मुलुकभर चार हजार ७६ उद्योग छन्। त्यसमध्ये ८ सय १२ वटा प्रदेश २ मा छन्।

सबैभन्दा वढी प्रदेश ३ मा ९ सय ६५ छन्। दोश्रोमा प्रदेश ५ मा ८ सय २७ छन्।

ताजा अपडेट

खोजी गर्नुहोस