‘छोटो समयमै सबै जनतासामु बिद्युतिय पहुँच पु्र्‍याउनु मेरो प्रमुख काम हुनेछ’

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ चैत्र ८, शुक्रबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

चैत ८ काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशक मधुसुदन अधिकारीले वैकल्पिक उर्जाको रुपमा विद्युतलाई अघि बढाउन लागि परेको बताएका छन् ।

उनले वैकल्पिक उर्जामा अबको ३/४ वर्षभित्रमा विद्युतिकरण गरेर सबैलाई विधुत पुर्याउने लक्ष्य रहेको बताए । हामीले वैकल्पिक उर्जाको रुपमा विद्युतलाई विकास गर्ने गरि काम गरिरहेका छौँ । अबको ३/४ वर्षभित्रमा सबैमा विद्युतको पहुँच पु्र्‍याउँछौँ’ ।

उनले वैकल्पिक उर्जालाई प्राथमिकताका साथ सबैका काम गर्नुपर्नेमा जोड दिए । सबै क्षेत्रको सहयोगको आवस्यक हुने भन्दै उनले सबै ठाउँमा विद्युत पु्र्‍याउनका लागि विद्युत कार्यलयले पनि सहयोग गर्नुपर्ने बताए । उनले भने, हामीले सबैठाउँमा विद्युत वितरण गर्नुपर्छ, जसका लागि कार्यलयको आवस्यकता पर्छ ।’

‘आजको समयमा विजुली आधारभुत आवश्यकता हो । संवैधानीक अधिकार पनि हो । तसर्थ सबै ठाँउमा विजुली पु्र्‍याउनु अत्यावश्यक छ ।’ उनले भने, ‘जसरी हामीले शिक्षा, खानेपानी, स्वास्थ्य इत्यादिमा लगानी गरेका छौँ त्यसरी नै विधुतमा पनि लगानी गर्नु पर्दछ । त्यसले पनि उर्जाको क्षेत्रमा सहयोग पुग्दछ ।’

उनले सरकारका योजनाहरुमा सकरात्मक भएर सबैले आफ्नो ठाँउबाट सहयोग गरे सहज हुनेमा जोड दिए । उनले भने, ‘सरकारका योजनाहरु देशभित्रैका हुन्, हाम्रै हुन् । यस्तो योजनामा सबैले सकारात्मक सहयोेग गर्नुपर्छ ।’ उनले सरकारकोे रेल चलाउने तथा पानी जहाज चलाउने भन्ने योजनामा विरोध आवस्यक नरहेको जिकिर गरे । उनले सरकारको विकास बजेट कम भएको बताए ।

अनलाईन केन्द्रका प्रधान सम्पादक राज ढुंगानासंगको कुराकानीमा  अधिकारीले भने-‘सरकारले विकासका लागि खर्च त गर्नुपर्छ । मैले नर्वे, थाइल्यण्डमा देखेँ त्यहाँ विकास कार्यमा एकदमै जोड दिईन्छ । हाम्रो देशमा विकासको लागी बजेट कम छ, त्यसमै पनि खर्च छैन । ’

‘राष्ट्रलाई ५/६ अरब रुपैयाँ भनेको केहि हैन । खर्च पनि भएको छैन । राष्ट्रबाट हेर्दा खर्च भनेको एउटा गोजीबाट अर्काे गोजीमा जाने हो । बाहिर जाने कुरालाई ध्यान दिनु पर्यो,’ उनी बताउँछन् । उनी थप्छन्, ‘सरकारबाट कर्मचारी, कर्मचारीबाट पसल, पसलबाट तरकारीबारी भएर पुग्ने त्यहि हो । घुम्दै फिर्दै रुम्जाटार भनेजस्तै खर्च भन्ने केहि छैन । विकासको लागी खर्च एकदमै कम भयो । ’

‘विकसित देशहरु विकासको लागी विश्व बैंक, एडिबि, चाइना जस्ता देशहरुबाट क्रण लिने एवम् आर्थिक चलखेल गरिरहन्छन् । जसले गर्दा आर्थिक रुपमा समृद्धिको बाटो तर्फ लम्किरहेका छन् । आज हामीले सामान्य हिसाबले हेर्दा गाँउघरमा पनि जसले धेरै आर्थिक चलखेल गर्न सकेको छ ऊ नै आर्थिक समृद्धिको बाटो तर्फ अगाडि बढेको देखिन्छ,’ उनले भने ।

उनले विकासको क्षेत्रमा थोरै बढि खर्च गरेपनि विकासले गति लिनेमा जोड दिए । उनी भन्छन्, हामीले पनि राष्ट्र निर्माण क्षेत्रमा १० प्रतिशत नै बढि भएपनि खर्च गरि विकास निर्माणको कार्य सम्पन्न गर्न सक्यौँ भने देशले विकासको गति लिन सक्छ । अन्यथा पछि १०० प्रतिशत बजेट खर्चिदा पनि सो कार्य सम्पन्न गर्न नसक्ने अवस्था आउन सक्छ ।

सन् २००६ देखि केन्द्रको सोलार विभागमा कम्पोनेन्ट म्यानेजरको रूपमा सेवा प्रवेश गरेका अधिकारी सन् २०१६, मार्चसम्म त्यहाँ कार्यरत थिए । जलविद्युत तथा नवीकरणीय ऊर्जामा देशभित्र करिब २२ वर्ष काम गरेको उनीसँग अनुभव छ । सन् २०१६ मे देखि उनी म्यानमारमा राष्ट्रिय विद्युतीकरण आयोजनाको अन्तर्रा्ष्ट्रिय सल्लाहकारका रूपमा कार्यरत थिए । अघिकारीले यसअघि नेपालस्थित एसियाली विकास बैंक (एडिबी), विश्व बैंकलगायत विकास साझेदार निकायमा काम गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस