प्रदेश ३ सरकारको नीति तथा योजना आयोगमा दुई सदस्य थपियो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ चैत्र १६, शनिबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

चैत्र १६,हेटौडा । प्रदेश ३ सरकारको नीति तथा योजना आयोगमा दुई सदस्य थप भएका छन् । मुख्यमन्त्री डोरमणि पौडेललको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले डा. रेणु राजभण्डारी र डा। रामचन्द्र ढकाललाई सदस्यमा नियुक्त गरेको हो ।

उनीहरुको नियुक्तिसँगै अब प्रदेश नीति तथा योजना आयोग चार सदस्यीय बनेको छ । डा. खिमलाल देवकोटा उपाध्यक्ष रहेको आयोगमा यसअघि उपाध्यक्षबाहेक श्याम बस्नेत एक जना मात्र सदस्य थिए ।

मुख्यमन्त्री नै अध्यक्ष रहने सो आयोगमा मुख्यमन्त्रीबाहेक पाँच जना रहनुपर्ने प्रावधान भएकाले थप एक जना नियुक्त गरिने आयोगका उपाध्यक्ष देवकोटाले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस