१० कित्ता सेयरको लागि पनि आवेदन दिन पाउने व्यवस्था

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ चैत्र २७, बुधबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

चैत २७, काठमाडौँ । सर्वसाधारणले सार्वजनिक धितोपत्र (सेयर) निष्काशनमा न्युनतम् १० कित्ता आवेदन दिन पाउने भएका छन् ।

नेपाल धितोपत्र बोर्डले यस्तो व्यवस्था गरेको हो । हाल सार्वजनिक सेयर निष्कानमा कम्तिमा ५० कित्ता सेयर आवेदन दिनै पर्ने व्यवस्था छ । नयाँ यो व्यवस्थाले सहभागितामुलक रहेको बोर्डको दाबी छ ।

बोर्डले विद्यार्थी तथा थोरै पुँजी भएका वर्गलाई पनि पुँजी बजारको पहुँचमा ल्याउने र यसलाई समावेशी बनाउन विद्यमान व्यवस्था परिवर्तन गरिएको जनाएको छ । यसले पुँजी बजारमा विद्यार्थीसहित स–साना पुँजी भएका वर्ग समेतको सहभागिता बढ्ने उसको बुझाई छ । बोर्डले यसबाट ‘एक नेपाली एक डिम्याट खाता’ अभियानमा समेत सहभागिता बढ्दै गएर पुँजी बजारको विकास तथा विस्तारमा थप टेवा पुग्ने अपेक्षा राखेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस