हिमालबाट ४५ करोड बढी रोयल्टी सङ्कलन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख १, आईतबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

बैशाख १, काठमाडौँ । यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ४५ करोड भन्दा बढी रोयल्टी सङ्कलन भएको छ । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार शुक्रबारसम्मको अवधिमा ४५ करोड १३ लाख २७ हजार १९५ रोयल्टी जम्मा भएको छ ।

सर्वोच्च शिखर सगरमाथासहित २० वटा हिमाल आरोहणका लागि ७५ आरोही समूहका ६६७ आरोहीले आरोहण अनुमति लिएका छन् । सबैभन्दा बढी सगरमाथा आरोहणमा ३१ आरोही समूहका ३३९ आरोही छन् ।

ल्होत्सेमा सात समूहका ६६, मकालुमा चार समूहका ५३, अमादब्लममा चार समूहका ४१, कञ्चनजङ्घामा चार समूहका ३२, अन्नपूर्णमा तीन आरोही समूहका २३ आरोही छन् । अघिल्लो वर्ष सन् २०१८ को यही मौसम ९वसन्त ऋतु० मा सगरमाथासहितका हिमाल आरोहणका लागि १०७ आरोही समूह गएका थिए ।

तीमध्ये सगरमाथा आरोहणका लागि ३४ समूह गएका थिए । अनुकूल मौसमले यो वर्ष आरोहण उत्साहजनक हुने विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए। वैशाखको तेस्रो सातासम्म आरोही आउने भएकाले यो वर्ष आरोहीको सङ्ख्या बढ्ने विमागको अनुमान छ ।

ताजा अपडेट

खोजी गर्नुहोस