चिनियाँ जहाजका कारण एक वर्षमा ६० करोड ६१ लाख घाटा, भयो ‘निल्नु न ओकल्नु’

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख १२, बिहिबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

बैशाख १२, काठमाडौँ । आन्तरिक उडानमा प्रयोग गर्न ५ वर्षअघि चीनबाट ल्याइएका ६ वटा जहाजले नेपाल वायुसेवा निगमलाई एक वर्षमा ६० करोड ६१ लाख रुपैयाँ नोक्सान गराएका छन् ।

महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनअनुसार आव २०७४/०७५ मा चिनियाँ जहाजले निगमलाई यो रकमबराबर नोक्सान गराएका हुन् ।

निगमलाई दुईवटा एमए सिक्स्टी जहाजले ३१ करोड ६४ लाख रुपैयाँ घाटा गराएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी चारवटा वाई टुवेल जहाजले २८ करोड ९७ लाख रुपैयाँ घाटा पुर्याएको प्रतिवेदनमा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस