यती एअरलाइन्सले ल्यायो नयाँ एटीआर ७२–५०० विमान

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख १३, शुक्रबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

बैशाख १३, काठमाडौँ । यती एअरलाइन्सले नयाँ एटीआर ७२–५०० विमान भित्र्याएको छ । एअरलाइन्सले आफ्नो बिमान संख्या तथा सेवा बिस्तार गर्ने क्रममा आज चौथो एटीआर ७२–५०० विमान भित्र्याएको हो ।

उत्पादन क्रमसंख्या एमएसएन ७५४ तथा नेपाली रजिष्ट्रेशन नं. ९एन–एएनसी रहेको उक्त विमान शुक्रबार थाइल्याण्डको राजधानी बैंङ्ककबाट उडेर दिउँसो १ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

नेपाल भ्रमण वर्ष २०२०मा नेपाल सरकारको २० लाख पर्यटक आगमनको लक्ष्य हासिल गर्न थपिएका विमानहरुले मद्दत गर्ने विश्वास एअरलाइन्सले लिएको छ ।

एटीआर ७२–५०० एक फ्रान्सेली– इटालियन कंसोर्टियम एटीआरद्वारा निर्मित ट्वीन इन्जिन टर्बोप्रोप विमान हो । यसको सर्वश्रेष्ठ निर्माण र प्रदर्शनका कारण एटीआर ७२ विश्वमै सवै भन्दा सफल क्षेत्रिय क्यारियर बनेको छ । साथै एटीआर ७२ले विश्व बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै गइरहेको कम्पनीको दावी छ ।

एटीआर ७२–५०० दुई प्राट एण्ड व्हिट्नी पीडब्ल्यू १२७ इन्जिनहरुद्धारा संचालित छ । हामिल्टन सनस्टार्ड कम्पोजिट प्रोपेलरहरुबाट सुसज्जित छ । यस्ता उच्च प्रविधियुक्त इन्जिन र प्रोपेलरहरु उत्कृष्ट प्रदर्शन, इन्धन बचत, उल्लेखनिय ध्वनीको कमी र कम ग्रीन हाउस ग्याँस उत्सर्जन जस्ता कुरा सुनिश्चित गर्दछन् ।

यति एअरलाइन्सले सन् १९९८ देखि आफ्नो उडानको शुरुवात गरेको हो र यतीसँग हाल एटीआर ७२–५०० वाहेक बीएई सिस्टमको जे४१ विमान ५ वटा र भगिनि संस्था तारा एअरको दुई वटा डोर्नियर डीओ२२८ र ४ वटा डीएचसी६ ट्विन अटर विमानबाट नेपालको सबैभन्दा ठूलो हवाई संजालबाट आफ्नो सेवा प्रदान गरीरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस