नेपाल–चीनबीच तीन सम्झौतामा हस्ताक्षर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख १५, आईतबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

बैशाख १५, काठमाडौँ ।  नेपाल–चीन व्यापार तथा आर्थिक मञ्च (नेपाल चाइना इकोनोमिक एण्ड ट्रेड फोरम) मा आइतबार नेपाल तथा चीनका विभिन्न पक्षबीच तीन सम्झौतामा हस्ताक्षर भएको छ ।

पहिलो हस्ताक्षर नेपाल लगानी बोर्ड तथा इकोनोमिक ज्वाइन्ट कमिटी अफ चाइना कमर्सियल स्टक इन्टरप्राइजेजबीच सहयोगको संरचनाका विषयमा भएको थियो ।

दोस्रो हस्ताक्षर नेपाल ट्रान्स हिमालयन फ्रेन्डसिप सोसाइटी र इकोनोमिक ज्वाइन्ट कमिटी अफ चाइना कमर्सियल स्टक इन्टरप्राइजेजबीच सोही विषयमा भएको थियो ।

तेस्रो हस्ताक्षर चाइना ओभरसिज डेभलपमेन्ट एसोसिएशन तथा नेपाल चाइना चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजबीच सझदारीपत्रमा हस्ताक्षर भएको थियो । रासस

ताजा अपडेट

खोजी गर्नुहोस