नेपाललाई दुई वटा रेल दिन भारत सहमत,सम्झाैता पत्रमा हस्ताक्षर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख २८, शनिबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

बैशाख २८, काठमाडौँ । नेपाललाई भारत सरकारले दुई वटा रेल दिने भएकाे छ । शुक्रबार नेपाल रेलवे र भारतीय कोङ्कोण कम्पनीबीच भएकाे सम्झाैताअनुसार नेपाललाई रेल दिने भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारी र भारतीय राजदूत मन्जिभ सिंह पूरीको उपस्थितिमा सम्झाैता पत्रमा हस्ताक्षर भएको हो । जनकपुर जयनगर रेलमार्गमा प्रयोग हुने रेल भारतले यसअघि नै दिने सहमति भएकाे थियो ।

भारतीय रेलवे मन्त्रालयअन्तर्गतको कोङ्काेण रेल्वे कर्पोरेसनले दुई वटा डिब्बा दिने भएको भारतीय दूतावासका प्रवक्ता अभिशेष दुबेले जानकारी दिए । १६ सय एचपी डिइयमयू रेल तत्काल कुर्थादेखि बिहारको जयनगरसम्म ३४ किलोमिटर दुरीमा चल्नेछ । दुबेका अनुसार हरेक रेलमा एउटा ड्राइभिङ्ग पवर कार, तीन वटा एसीसहित ट्रेलर कार हुनेछ । रेलका डिब्बा चेन्नेईस्थित इन्ट्रिगेटेड कोच फ्याक्ट्रीमा बनेकाे हाे ।

ताजा अपडेट

खोजी गर्नुहोस