काठमाडौँ–रुम्जाटार–विराटनगर उडान शुरु

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ जेष्ठ १७, शुक्रबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

जेठ १७, काठमाडौँ । काठमाडौँ–रुम्जाटार–विराटनगर नियमित हवाई उडान हुने भएको छ । आज शुक्रबारदेखि हरेक साता सङ्घीय राजधानी काठमाडौँबाट ओखलढुङ्गाको रुम्जाटार हुँदै प्रदेश नं १ को राजधानी विराटनगरसम्मको हवाई सेवा शुरु हुने भएको हो ।

करीब तीन वर्षदेखि ठप्प रहेको रुम्जाटार विमानस्थललाई केन्द्र र प्रदेशको राजधानीसँग जोडेर पुनः उडान शुरु गर्ने तयारी भएको प्रदेश सांसद अम्बिरबाबु गुरुङले जानकारी दिए ।

रुम्जाटार विमानस्थल नियमित सञ्चालनमा आएपछि पर्यटन प्रवद्र्धनसँगै यस क्षेत्रका नागरिकलाई आवतजावतमा निकै सहज हुने उनको भनाइ छ ।

यसअघि गत असोजमा तयारी गरिए पनि यात्रु अभावका कारण रुम्जाटारमा उडान शुरु हुनसकेको थिएन ।

नेपाल वायुसेवा निगमको विमानले हरेक शुक्रबार रुम्जाटारमा उठान भर्ने तयारी गरिरहेको निगमका क्षेत्रीय प्रबन्धक नारायण पुरीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस