विकटमा सेवा विस्तार गर्न तल्लिन नेपाल टेलिकम : उपल्लो डोल्पाको नालढाणमा मोबाइल टावर निर्माण

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ जेष्ठ १८, शनिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

जेठ १८,डोल्पा । केही दिनअघि मात्रै अपर मुस्ताङमा सेवा पुर्याएको नेपाल टेलिकमले उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिका अन्तर्गत ४ कागकोटमा पर्ने नालढाण डाँडामा पनि मोबाइल टावर निर्माण गरेको छ । मोबाइल टावर निर्माणसँगै शुक्रबारदेखि भि–स्याट लिंक प्रविधिबाट सञ्चार सेवा सुरु भएको हो।

गाउँमै टावर बनेर सेवा सुचारु भएपछि वर्षौदेखि सञ्चारविहीन कागकोट, सेरी, मुकोट, खानी लगायतका आधा दर्जन बस्ती सञ्चारको पहुँचमा जोडिएका छन्। समुन्द्री सतहदेखि ४२ सय मिटर उचाइमा टेलिफोन टावर निर्माण भएपछि विकट गाउँबस्तीबाटै देशविदेशमा कुरा गर्न पाइएको भन्दै सर्वसाधारण खुशी भएका छन्।

टावर बनेपछि गाउँपालिकाका दुई हजार जनसंख्या लाभान्वित भएको गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङले जानकारी दिए। उक्त टावरबाट एक पटकमा २४ देखि ३२ जनासम्मले कुराकानी गर्न मिल्ने प्राविधिक निलप्रसाद देवकोटाले जानकारी दिए। केहीदिन अघिमात्रै टेलिकमका प्रबन्ध निर्देशक दिल्ली अधिकारीले पनि दुर्गममा सेवा विस्तार गर्दै अघि बढ्ने योजना सुनाएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस