जेठ २७,काठमाडौँ । गोरखा र नुवाकोटमा भूकम्पपश्चातको निजी आवास पुनर्निर्माण गर्न भारत सरकारले एक अर्ब ६० करोड रुपैयाँ सहयोग गरेको छ । भारतीय राजदूत मञ्जीवसिंह पुरीले अर्थमन्त्री डा. युवराज खतिवडालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
सो सहयोग रकम भूकम्पपछि भारतले घोषणा गरेको सहयोगको एक हिस्सा हो । भारतले भूकम्पपछि निजी आवास, अस्पताल, विद्यालय, ऐतिहासिक सम्पदा र अन्य भौतिक संरचनाको पुनर्निर्माण गर्न १ अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको थियो ।
भारत सरकारले सन् २०१८ मा पुनर्निर्माणको लागि २ अर्बभन्दा बढी आर्थिक सहयोग गरिसकेको छ ।