भारतको ऋण अब रेल र सडकमा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ जेष्ठ ३१, शुक्रबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

जेठ ३१, काठमाडौँ । भारतले भूकम्पपछिको पूननिर्माणका लागि नेपाललाई दिने घोषणा गरेर पनि परिचालन हुन नसकेको ७५ करोड डलर सहुलियतपूर्ण ऋणको ठूलो अंश रेल र सडक पूर्वाधारमा खर्च गरिने भएको छ ।

दुई साताअघि नयाँदिल्लीमा सम्पन्न नेपाल र भारतका उच्च अधिकारीहरुबीच ऋण सहुलियतको कार्ययोजना समीक्षा बैठकमा उक्त रकम पुननिर्माणबाहेकको क्षेत्रमा खर्च गर्ने समझदारी जुटेको हो ।

बैठकमा सहभागी एक नेपाली उच्च अधिकारीका अनुसार पुननिर्माणअन्तर्गतका परियोजनाको प्रकृति र एक्जिम बैकको सर्तहरुका कारण ऋण प्रयोग गर्न कठिन भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस