थानकोट–नागढुङ्गा सुरुङमार्ग निर्माण असोजबाट

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ अषाढ १, आईतबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असार १, काठमाडौँ । थानकोट–नागढुङ्गा सडकखण्डमा प्रस्तावित सुरुङमार्ग निर्माणको शिलान्यास असारभित्रमा हुने भएको छ ।

सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुणजङ्ग थापाले थानकोटको नागढुङ्गाबाट धादिङको सिस्नेखोला निस्कने सो सुरुङमार्ग निर्माणका लागि निर्माण कम्प्नी छनोट प्रत्रिया अन्तिम चरणमा रहेको छ ।

‘असारको पहिलो हप्तासम्म निर्माण कम्पनी छनोट भई असारभित्रमा शिलान्यास गरिने छ,’ उनले भने । महाशाखले सुरुङमार्ग निर्माणका लागि ग्लोबल टेन्डर (बोलपत्र) आह्वान गरेको थियो ।

अहिले अह्वान अनुसार निवेदन दिएका निर्माण कम्पनीहरूले पेस गरेका प्रस्तावहरुको मूल्याङ्न कार्य भइरहेको छ । महाशाखा प्रमुख थापाले असारको पहिलो हप्तासम्म बोलपत्र मूल्याङ्कनको प्रतिवेदन आउने बताए । अहिले जापानी परामर्शदाता कम्पनीबाट बोलपत्र मूल्याङ्कन भइरहेको जानकारी समेत उनले दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस