माथिल्लो तामाकोसी आयोजना लम्बिँदा लागत दोब्बर बढी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ अषाढ १, आईतबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असार १, दोलखा।  सुरुङभित्रको चारतले ठूलो घरबराबरको क्षेत्रफलमा ट्रान्सफर्मर, जेनेरेटर, स्विच गियर, भल्बजस्ता उपकरण जडान भइसकेका छन् । माथिल्लो तलामा ‘कन्ट्रोल रुम’ पनि तयार भइसकेका छन् । मेसिन तथा उपकरण जडान गर्न केही पनि बाँकी छैन । तामाकोसी नदी थुनेर ल्याइने पानी बग्ने ठूल्ठूला पाइप विद्युतगृहभित्र जोडेर तयार पारिएको छ । त्यही पाइप हुँदै विद्युतगृह प्रवेश गर्ने पानीले घुमाएर ऊर्जा उत्पादन गर्ने ६ वटै टर्वाइन घुम्न तयारी अवस्थामा छन् ।

‘यहाँभित्र अब सानातिनाबाहेक केही पनि काम बाँकी छैन’, आयोजनाका वरिष्ठ इन्जिनियर विमल गुरुङले भने, ‘पानी खन्याउन पाए भित्र जडान भएका ६ वटै टर्वाइन घुमाएर बिजुली बाल्नेगरी पावर हाउस (विद्युतगृह) तयार भइसकेको छ ।’

स्वदेशी लगानीमा निर्मित सबैभन्दा ठूलो यो आयोजनाको बाँधस्थलको काम पनि प्रायः सकिएको छ । ट्रान्समिसन लाइन निर्माण अन्तिम चरणमा छ । ‘बाँधस्थलबाट ८ किलोमिटर सुरुङ हुँदै पावर हाउसमा पानी खसालेपछि आयोजना सम्पन्न हुनेछ’, गुरुङले भने । तर सुरुङमार्गको ७ सय ८३ मिटर खण्डमा पाइप राख्ने काम आयोजनाका लागि ठूलै तगारो बनेको छ । यसै कारण आयोजना नै पछाडि धकेलिएको छ ।

२०६७ भदौमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेको यो आयोजना २०७३ असारमा सम्पन्न हुने लक्ष्य राखिएको थियो । तर भूकम्प र नाकाबन्दीले आयोजनालाई दुई वर्ष पछि धकेलिदियो । त्यसमाथि पाइप जडानले समस्या थप्यो । विद्युत्गृहसम्म पानी लैजान बनाइएको सुरुङको दुई स्थानमा ९० डिग्रीको ठाडो खण्ड पर्छ । ३ सय १० र ३ सय ७३ मिटरका यी ठाडा सुरुङमा पानी सजिलो गरी खसेर विद्युत्गृहतर्फ जाओस् र सुरुङलाई नोक्सानी पनि नपुगोस् भनी यी दुई स्थानमा स्टिलका पाइप जडान गर्ने योजना छ, जसलाई पेन स्टक भनिन्छ । यही काममा ठेकेदारले ढिलाइ गर्दा सिंगो आयोजना नै पछि धकेलिएको छ।

७० प्रतिशत ऋण र ३० प्रतिशत सेयर संरचनामा निर्माणाधीन माथिल्लो तामाकोसीमा कर्मचारी सञ्चय कोषको १० अर्ब, नेपाल टेलिकमको ६ अर्ब, नागरिक लगानी कोष र बिमा संस्थानको २/२ अर्ब र नेपाल सरकारको ११ अर्ब ऋण लगानी छ। ऋण लगानीकर्ता, तीनमा कार्यरत कर्मचारी, सञ्चय कोषका सञ्चयकर्ता, देशभरका सर्वसाधारण र दोलखाबासीको गरेर आयोजनामा करिब ५ अर्ब रुपैयाँको सेयर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस