असार १०,धादिङ । धादिङको थाक्रे गाउँपालिकाले ५४ करोड ७९ लाखको बजेट विनियोजन गरेको छ । मँगलबार आयोजित गाउँपालिकाको पाचौँ गाउँसभा मार्फत ५४ करोड ७९ लाखको बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका र ११ वटा वडा कार्यालयहरु सँचालनका लागि ६ करोड ७५ लाख चालु खर्च र ३३ करोड १३ लाख रुपैँयाको पुँजिगत खर्च तथा सर्शत तर्फ १४ करोड ९१ लाख रुपैँया गरि ५४ करोड ७९ लाख रुपैँयाको अनुमानित व्यय पेश गरिएको गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले बताए ।
क्षेत्रगत रुपमा आर्थिक विकास तर्फ १ करोड ९५ लाख ७० हजार रुपैँया, सामाजिक विकास तर्फ ७ करोड ८६ लाख ९० हजार, पुर्वाधार विकास तर्फ ११ करोड २४ लाख ७० हजार, वातावरण तथा विपद व्यवस्थापन तर्फ ५० लाख, सँस्थागत विकास सेवा प्रवाह र सुसासन तर्फ २ करोड १ लाख ६० हजार रुपैँया विनियोजन गरिएको छ ।