टेन्डरको ११ वर्षपछि खैरेनीघाटमा पुल, दोरम्बाबाट–काठमाडौँ अब चार घण्टामै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ श्रावण २१, मंगलबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

साउन २१, काठमाडौँ । स्थानीय तहको निर्वाचनमा भाग लिएर मतदातामाझ मत माग्न जाँदा रामेछाप खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङलाई मतदाताको पहिलो प्रश्न थियो, खैरेनीघाटको पुल कहिले बन्छ ?

स्थानीयको प्रश्नलाई उनले मात्रै पुल बन्ने समयको उत्तर दिएर पुग्दैनथ्यो । तर उनले आश्वासन दिएका थिए । आइतबार त्यही पुल उद्घाटन हुँदा जनता मात्र होइन, जनप्रतिनिधि नै खुसी थिए ।

पुल बनेपछि अब दोरम्बा सीधै काठमाडौँसँग जोडिएको छ । गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानले भने, ‘दिनभरिको बाटो अब ओहोरदोहोर नै गर्न सकिने भएको छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस