साउन २२, काठमाडौँ । धादिङमा साउन अन्तिम साता सम्ममा जम्मा ७१ प्रतिशत रोपाई सकिएको छ । पर्याप्त पानी नपर्दा र बर्षामा पानीको मुहान नफुट्दा खेत रोपाई गर्न समस्या भएको हो ।
जिल्लामा सिचाई लाग्ने ठुला टारहरुमा रोपाई भएपनि टारी खेत र आकाशे पानीको भरमा रोपाई गर्नुपर्ने खेतहरु भने बाँझै रहेका कृषि ज्ञान केन्द्र धादिङका प्रमुख होमराज विष्टले जानकारी दिए ।
जिल्लाको जम्मा १ लाख ९२ हजार ४ सय ८७ हेक्टर जमिन मध्ये खेतियोग्य जमिन ४८ हजार १ सय ३६ हेक्टर रहेको छ । कुल खेति गरिएको ३५ हजार १ सय ५० हेक्टर मध्य यो वर्ष जम्मा ७१ प्रतिशत हेक्टर जमिनमा धान रोपाई सकिएको हो ।
पानीको समस्या एउटा भएपनि गाउमा काम गर्ने युवाहरु नहुँदा पनि खेति योग्य जमिन बाझिदै गएको विष्टले बताए । युवाहरुलाई कृषिमा आकर्षण गर्न सकिए जमिन बाँझो रहने क्रम घट्न सक्ने विष्टको भनाई छ ।
धादिङ सञ्चारसँगको सहकार्यमा