हुवाजिन सिमेन्टबारेको छलफलमा उद्योग सचिव र लगानी बोर्डका सीईओ गएनन्

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ श्रावण २२, बुधबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

साउन २२, काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले हुवाजिन सिमेन्टबारे छलफल गर्न उद्योग मन्त्रालयका सचिव यामकुमारी खतिवडा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलाई मंगलबार बोलाएको थियो ।

तर, निर्धारित समय भन्दा ढिला बिहान साढे ११ बजेसम्म दुबै अनुपस्थित भएपछि समितिको बैठक स्थगित भयो । चिनियाँ लगानीमा निर्माणाधीन हुवाजिन सिमेन्ट उद्योगबारे विस्तृत छलफल गर्न बोलाइएको बैठकमा उद्योग सचिव खतिवडा जानकारी नदिई अनुपस्थित भएको समितिले जनाएको छ ।

जानकारी नदिई बैठकमा अनुपस्थित भएकी उद्योग सचिव खतिवडालाई के कारणले अनुपस्थित भएको हो सो को कारण सोध्ने समितिले निर्णय गरेको छ । बैठक स्थगित भएपछि बसेको समितिको आन्तरिक बैठकले उद्योग सचिव खतिवडालाई बैठकमा अनुपस्थ्ति हुनुको कारण सोध्ने निर्णय गरेको समिति सदस्य सांसद विरोध खतिवडाले जानकारी दिए ।

बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारी पनि अनुपस्थित भए । तर, उनले आफू तराईमा रहेका कारण बैठकमा उपस्थित हुन नसक्ने जानकारी दिएको समितिले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस