अन्तराष्ट्रिय लगानी नजुटे सरकार आफै‌‌ निजगढ विमानस्थलमा लगानी गर्छ

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ श्रावण २८, मंगलबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

साउन २८, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गर्न अन्तराष्ट्रिय लगानी नजुटे सरकारले आफै लगानी गर्ने बताएका छन्।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको मंगलबारको बैठकमा बोल्दै मन्त्री भट्टराईले लगानी बोर्डबाट निजगढ विमानस्थलका लागि लगानी जुट्ने अवस्था नआए सरकारले निर्माणकार्य अगाडि बढाउने बताए।

उनले लगानीको विषयमा लगानी बोर्डका पदाधिकारीसँगको छलफलपछि थप निर्णय लिने पनि बताए। वैदेशिक लगानी नआए के गर्ने भन्ने चिन्तामा सरकार नरहेको भन्दै मन्त्री भट्टराईले सरकार ब्याकअपमा बसेर काम गरिरहेको बताए।

आगामी मंसिरसम्म निजगढ विमानस्थलको शिलान्यासको घोषणा गरेका मन्त्री भट्टराईले पूर्व तयारीका काम सम्पन्न गरेर शिलान्यास गरिने सरकारको योजना रहेको पनि बताए।

ताजा अपडेट

खोजी गर्नुहोस