श्री एयरलाइन्सले नेपालमै पहिलोपटक ल्यायो बम्बार्डियरको टर्बोजेट

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ भाद्र २, सोमबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

भाद्र २, काठमाडौँ । एयरलाइन्सले क्यानेडियन जहाज निर्माता कम्पनी बम्मार्डियरको क्वू ४०० सिरिजको जहाज ल्याएको छ। यसअघि बम्बार्डियरकै जेट इन्जिन सिआरजे सिरिजका चार जहाजबाट आन्तरिक उडान गरिरहेको एयरलाइन्सले टर्बोजेट जहाज पनि ल्याएको हो।

विशेषगरी पोखरा, सिमरा र जनकपुर उडान गर्नेगरी एयरलाइन्सले यो जहाज ल्याएको जानकारी दिएको छ।

करिब एक अर्ब लगानीमा एयरलाइन्सले २ जहाज ल्याउने घोषणा गरेको एयरलाइन्सले पहिलो जहाज आज काठमाडौं ल्याइपुर्‍याएको हो।

८० सिट क्षमताको यी जहाजबाट एयरलाइन्सले श्रीसँग भएका सिआरजे सिरिजका जेट जहाजभन्दा न्यून इन्धन खपत गर्ने छ तर बुद्ध र यति एयरलाइन्स उडाइरहेका एटिआरभन्दा धेरै। तर पनि श्रीको ठूलो जहाजबाट पोखरामा उडान शुरु गरेपछि भाडामा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

भारतीय सहरमा चार्टर्ड उडानका लागि सफल परीक्षण उडान गरिसकेको एयरलाइन्सले नियमित अन्तर्राष्ट्रिय उडानको लाइसेन्स पनि पाएको छ। श्रीसँग आज आएको जहाजसँगै ५ पुगेका छन्। श्रीसँग ५० सीट क्षमताका सिआरजे २०० जहाज २, ७० सीट क्षमताका सिआरजे ७०० जहाज २ र क्वू ४०० सिरिजको जहाज १ भएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस