भाद्र ४, काठमाडौँ । ठेकेदारले अलपत्र छाडेको मेलम्ची खानेपानी आयोजनाको बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोले पूरा गर्ने भएको छ ।
मेलम्ची खानेपानी विकास समितिले बैंक ग्यारेन्टीसहित प्रक्रिया पु¥याएर सम्झौता गर्न आउन मंगलबार चिनियाँ कम्पनी सिनो हाइड्रोलाई पत्र पठाएको छ ।
आयोजनाको ऋणदाता एसियाली विकास बैंक (एडीबी) ले चिनियाँ कम्पनीलाई बाँकी कामको जिम्मा दिन स्वीकृति दिएसँगै समितिले सम्झौताका लागि बोलाएको हो ।
आयोजनाको बोलपत्र मूल्यांकन समितिले सिनो हाइड्रोको प्रस्तावलाई उपयुक्त ठहर गर्दै स्वीकृतिका लागि एडीबीमा पठाएको थियो ।