भाद्र ४, काठमाडौँ । भारतले भूकम्पपछिको पुनर्निर्माणमा २ अर्ब ४५ करोड बढी रकम हस्तान्तरण गरेको छ ।
नेपाल भारत संयुक्त आयोगको बैठकका क्रममा भारतीय राजदूत मञ्जिव सिंह पुरीले पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई २ अर्ब ४५ करोड ८८ लाख ५० हजार रुपैयाँको चेक हस्तन्तरण गरेका हुन् । यो रकम नुवाकोट र गोरखाका घरहरु पुनर्निर्माणमा खर्च हुनेछ ।
कार्यक्रममा नेपाल र भारतका परराष्ट्रमन्त्रीको उपस्थिति थियो ।