भाद्र ५, काठमाडौँ । सेनाले बनाउन लागेको काठमाडौँ -तराई द्रुतमार्ग (फास्ट ट्रयाक) को विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) सरकारले स्वीकृत गरेको छ।
सेनाले १२ चैतमा पेस गरेको डिपिआरमा सुरुङ र पुलको डिटेल डिजाइन नभएकै कारण सरकारले पाँच महिनासम्म रोकेर राखेको थियो।
अन्नतः मन्त्रिपरिषद्को सोमबारको बैठकले त्यही अपुरो डिपिआर अनुमोदन गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामी र जीवन बस्नेतले लेखेका छन्।
कुल ७२.५ किलोमिटर लामो फास्ट ट्रयाकमा ५५.५ किमी सडकखण्ड छ।
त्यस्तै कुल ८७ पुलमध्ये १६ विषेश पुलको निर्माण जटिल छ। तिनै जटिल पुलको डिजाइन भएको छैन।
त्यस्तै कुल साढे ६ किलोमिटर लम्बाइका तीन सुरुङको डिजाइनसमेत डिपिआरमा छैन।