महिला उद्यमी मेला सम्पन्न

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ भाद्र ८, आईतबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र ८, हेटौंडा। हेटौंडामा आयोजना गरिएको सिर्जनशील महिला उद्यमी मेला २०७६ सम्पन्न भएको छ ।

मकवानपुर महिला उद्यमी व्यवसायी संघ हेटौंडा तथा महिला सिर्जनशील केन्द्र काठमाडौंले संयुक्तरूपमा भदौ ५ गतेदेखि ८ गतेसम्म सञ्चालन गरेको मेलामा मकवानपुर लगायत चितवन, जुम्ला, काठमाडौंका महिला उद्यमीहरूले उत्पादन गरेका वस्तुहरु राखिएका थिए ।

मेलामा काष्ठकला, हस्तकला, तयारी कपडा, खाद्यसामग्री लगायतका ५० वटा स्टल थिए । स्थानीय उद्यमशील महिलाहरुका उत्पादनको पहिचान, प्रचारप्रसार एवं बजार प्रवर्द्वन गर्ने उद्देश्यले आयोजित मेलामा उपभोक्ताहरुको घुइँचो लागेको थियो ।

मेला समापन समारोहमा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको हरेक स्थानीय तहमा उद्योगग्राम स्थापना गरि बजारीकरण लगायत अन्य सुविधा प्रदान गर्ने कानुन तर्जुमा भइरहेको बताए ।

यस्तै, महिला उद्यमीहरुको बस्तुहरुको बिक्री र बजारीकरणको लागि उपहार पसल खोल्ने सरकारले योजना रहेको पनि उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस