महानिर्देशक हमाल भन्छन् : ‘दशैंसम्ममा सबै लाइसेन्स वितरण गर्छौ‌ं’

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ भाद्र १४, शनिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

भाद्र १४, काठमाडौं । यातायात विभाग अहिले सेवाग्राहीलाई सवारी साधन परिचयपत्र उपलब्ध गराउनका लागि तल्लिन देखिएको छ । मास प्रिन्टर खरिद गरेर ल्याईसकेको विभागले अबको तीन महिनाभित्रमा लाइसेन्स प्रिन्ट गरी वितरण गरिसक्ने लक्ष्य अनुरुप विभाग अघि बढिरहेको छ ।

यातायात विभागका महानिर्देशक गगन हमालले एक घन्टामा ४ सय जति लाइसेन्स प्रिन्ट गर्न सकिने बताउँदै एक दिनमै १० हजारको हाराहारीमा लाइसेन्स प्रिन्ट गर्ने गरि काम भैरहेको जानकारी दिए ।

अनलाइनकेन्द्रसँगको कुराकानीमा उनले महिनामा दुई लाख ५० हजारको हाराहारीमा लाइसेन्स प्रिन्ट गरिने बताए । उनले भने, ‘हाम्रो पुरानो लाइसेन्स प्रिन्ट गर्नुपर्ने ६लाख ५० हजार जति छ, जुन चाहीँ हामीले ३ महिनामा सक्छौं ।’

अहिले महिनामा ६० हजारभन्दा बढि लाइसेन्सको माग रहेको उल्लेख गर्दै उनले चार महिनाभित्रमा सबै लाइसेन्स प्रिन्ट गरि सकिने बताए ।

अहिले २५ सय लाइसेन्स एक दिनमा नै बनाउनुपर्ने माग छ । त्यसपछि हामीले देशभर नै लाइसेन्स वितरण गर्न सकिने बताए । १० दिनभित्रमा लाइसेन्स वितरण गर्ने गरी प्रक्रिया अघि बढाउने उनले जानकारी दिए । उनले दशैं सम्ममा सबै लाइसेन्स वितरण गरिसक्ने दावी गरे ।

काठमाडौंमा अव्यवस्थित पार्किङ मूख्य समस्याको रुपमा छ । यसलाई व्यवस्थित बनाउन यातायात विभागले काम गरिरहेको महानिर्देशक हमाल बताउँछन् । उनी भन्छन्, यातायात विभाग, काठमाडौं महानगरपालिका, ट्राफिक प्रहरीको एउटा टोली बनाएका छौं, अहिले त्यस टोलीले अध्ययन गरिरहेको छ । त्यसपछि हामी पार्किङ व्यवस्थित बनाउनेतर्फ अघि बढ्छौं ।

 

ताजा अपडेट

खोजी गर्नुहोस