प्रचण्डको घरबेटीलाई मेलम्चीको ठेक्का

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ भाद्र २५, बुधबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र २५, काठमाडौं । ठेक्का लिएका सडक र पुल निर्माण समयमै सम्पन्न नगरेर आलोचित बन्दा पनि राजनीतिक शक्तिको आडमा कालो सूचीमा नपरेको सैलुङ कन्स्ट्रक्सनलाई मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार र ओभरहेड ट्यांकी निर्माण गर्ने ठेक्का दिइएको छ ।

सैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदा अधिकारी हुन् । उनकै घरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बस्दै आएका छन् । दाहालकी बुहारी बिना मगर खानेपानी मन्त्री छिन् ।

सैलुङले भारतीय सिआइपिइएलसँग ज्वाइन्ट भेन्चरमा एक अर्ब ४१ करोड रुपैयाँको लागतमा एक सय पाँच किलोमिटर पाइपलाइन र ओभरहेड ट्यांकी निर्माण गर्ने ठेक्का पाएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस