काठमाडौं बाहिरी चक्रपथ बनाउने जिम्‍मेवारी चिनियाँ कम्पनीलाई

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ आश्विन ६, सोमबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असोज ६, काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको बाहिरी चक्रपथ परियोजनाको कामको जिम्मेवारी चिनियाँ कम्पनीलाई दिने निर्णय गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार सिंहदरबारमा बसेको लगानी बोर्डको ४०औं बैठकले सो परियोजनाको कामलाई अघि बढाउने जिम्मेवारी ‘चिनियाँ कम्युनिकेशन पूर्वाधार कम्पनी’ दिने निर्णय गरेको हो।

सो परियोजनालाई अघि बढाउन ४ वटा प्रस्ताव आएकोमा सो कम्पनीलाई छनौट गर्ने निर्णय गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए।

बैठकले निजगढ अन्तराष्ट्रिय विमानस्थल परियोजनाको विकास गर्ने कामको जिम्मेवारी जापानको जुरिच इन्टरनेशनल एयरपोर्टलाई दिने निर्णय पनि गरेको छ। सो परियोजनाको विकास प्रतिवेदन ४५ दिन भित्र पेश गर्ने गरी सो परियोजनाको कामलाई अघि बढाउने जिम्मेवारी जुरिच इन्टरनेशनल एयरपोर्टलाई दिइएको पनि बोर्डले जनाएको छ।

बैठकले तल्लो अरुण जलविद्युत आयोजनाको कामलाई अघि बढाउन एस जेभिन, भारत, जे पावर, जापान र चाईना पावर कन्स्ट्रक्सन कम्पनीको सर्ट लिष्ट पनि तय गरेको छ।ती कम्पनीहरुबाट विस्तृत प्रतिवेदन माग गरेपछि सो परियोजनाको कामलाई अघि बढाउने बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए।

ताजा अपडेट

खोजी गर्नुहोस