राखेपद्वारा सागमा चाहिने सामग्री खरिदको लागि टेण्डर आह्वान

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ कार्तिक २, शनिबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

कार्तिक २, काठमाडौं । आउँदो मंसिर १५ गतेदेखि नेपालमा हुन लागेको १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा चाहिने विभिन्न सामग्री खरिदको लागि टेण्डर आह्वान भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ज्याकेट, जुत्ता, ट्रयाक–सुट, टोपीदेखि साउण्ड सिस्टम र आतिशबाजीसम्मका सामग्रीको लागि टेण्डर आह्वान गरेको हो ।

राखेपले २५ सय जोर ट्रयाकसुट र जुत्ता, १५ हजार थान पातलो ज्याकेट, सागको लोगो अंकित क्याप १० हजार थान र दौरासुरुवाल, कोट र सारी चोलो १ सय ५० थान खरिद गर्न टेण्डर आव्हान गरेको छ । राखेपकले केही सामग्री किन्ने र केही भाडामा लिने जनाएको छ ।

विभिन्न जनजातिका पोशाकहरु, साउण्ड सिस्टम, फ्लेक्स, स्टेज निर्माण, आतिशबाजी, टेण्ट, कुर्सी, मस्कट लगायतका सामग्रीको लागि राखेपले टेण्डर आव्हान गरेको हो ।

साथै राखेपले तोकिएकै समयमा प्रतियोगिता सम्पन्न हुने पनि जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस