-महेश्वर सुवेदी
कार्तिक ३०,धादिङ । जिल्लाको धुनिबेशी ५ मा रहेको उदय कृषी सहकारीको बार्हौ साधारण सभा धार्केमा सम्पन्न भएको छ । बिक्रम संम्बत २०६५ सालमा स्थापना भएको सहकारीले एक कार्यक्रम गरी बार्हौ साधारण सभा सम्पन्न गरेको हो । कार्यक्रममा आर्थिक बर्ष २०७५/७६ मा सहकारीले लिएको उदेश्यानुरुप के के लक्ष्यहरु हासिल भए आगामी आर्थिक बर्ष २०७६/७७ लागी सहकारीको के के कस्ता योजनाहरु छन भन्ने सम्बन्धमा सहकारीका तर्फबाट अध्यक्ष बासुदेव बाँस्कोटाले प्रतिवेदन प्रस्तुत गरेका थिए भने, सहकारीको बार्षिक प्रतिवेदन संस्थाका सचिव सिर्जना कोईरालाले प्रस्तुत गरेकि थिईन । साथै सहकारीको आर्थिक प्रतिवेदन कोषाध्यक्ष ईश्वरी प्रसाद कोईरालाले राखेका थिए ।
कार्यक्रममा हाल सहकारीको नौ सय दश जना शेयर सद्स्य रहेको, शेयर पुँजी एक करोड तिस लाख छयासी हजार चार सय रहेको जानकारी दिइएको छ । आर्थिक बर्ष २०७५/७६ मा पच्चिस लाख सत्र हजार आठ सय शेयर पुँजी रहेकोमा यस आर्थिक बर्षको कार्तिक २७ गतेसम्म रु एक करोड उनन्तिस लाख छ सय पुँजी बढेर जम्मा शेयर पुँजी एक करोड तिस लाख छयासी हजार चार सय बन्न पुगेको बताईएको छ । त्यस्तै गत आर्थिक बर्षमा संस्थाको बचत बत्तिस लाख चौसट्ठी हजार चार सय चालिस रहेकोमा यस आर्थिक बर्षम रु छैसट्ठि लाख चौसट्ठी हजार एक रुयैयाँ भएको पनि जानकारी दिइएको छ । अहिलेसम्म संस्थाको एक सय रुपैयाँको एक शेयर बरावर रु एक सय चालिस रहेको समेत कार्यक्रममा जानकारी गराईएको छ ।
हाल सहकारीको धुनिबेशी ५ मा बनेको भवनसहित चार आना जग्गा र ट्रस्ट सहितको सात आना जग्गा समेत रहेको अध्यक्ष बासुदेव बाँस्कोटाले जानकारी दिए । संस्थाले यो आर्थिक बर्षको अन्त्य सम्ममा रु दुई करोड शेयर पुँजी पुर्याउने र निक्षेप संकलन पनि दुई करोड नै पुर्याईने लक्ष्य रहेको समेत कार्यक्रममा बताईएको छ । साथै तरकारी ढुवानिलाई प्रभावकारी बनाउन सवारी साधन खरिद गर्ने समेत बताईएको छ ।
प्रमुख अतिथीको रुपमा सहभागी धुनिबेशी नगरका प्रमुख बालकृष्ण आचार्यले कृषी पेशालाई नागरिकहरुको निर्वाहमुखी पेशा बनाउन सहकारीले महत्वपुर्ण भुमिका खेलेको बताउदै अब सहकारीले पशु बिमाको कार्यक्रम ,पशु प्रावाधिकको बेवास्था गर्नुपर्नेमा जोड दिए । साधारण सभा कार्यक्रममा आफ्नो भानाई राख्दै प्रमुख आचार्यले कोल्ड स्टोर निर्माणको लागी आफुले प्रयास जारी राखेको र चालीसेमा रहेको जग्गामा बनाईने योजना रहेको पनि बताए ।
सहकारील्का अध्यक्ष बासुदेव बाँस्कोटाको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख आचार्य सहित जिल्ला सहकारी संघ धादिङका सदस्य रामचन्द्र आचार्य ,वडा अध्यक्ष कृष्ण कुमार रेग्मी , मजदुर नेता सुरेश आचार्य ,बैक तथा अन्य सहकारीका प्रतिनिधिहरु,शेयर सद्सयहरु लगायत सरोकारवालाहरुको सहभागिता थियो । साथै कार्यक्रममा सहकारीका बिभिन्न गतिबिधीमा उत्कृष्ठ सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।