उद्योग बाणिज्य संघको चुनाव माघ ११ गते

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ मंसिर ११, बुधबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

मंसिर ११, बाँके । नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचन माघ ११ गते हुने भएको छ। संघको मंगलबार बसेको बैठकले माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको हो।

बैठकमा सर्वसम्मतिबाट माघ ११ गते निर्वाचन गर्ने मिति तय भएको अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिए । बैठकले निर्वाचन आयुक्त पनि तोकिसकेको छ । टीकाजंग शाहलाई चुनाव आयुक्त तोकिएको हो।

चुनावको मिति घोषणासँगै चुनावी सरगर्मीले औचापरिकता ग्रहण गरेको छ । व्यापारी नेताहरु पार्टीबाट टिकट हात पार्न लागि परेका छन् । आन्तरिक ‘सर्कल’मा छलफल चलाइरहेका आकांक्षीहरु संघको मिति घोषणासँगै औपचारिकताका लागि पार्टीमा जाने तयारी गरेका छन्।

विगतमा कांगे्रस, एमाले र माओवादी केन्द्रको प्यानल हुने गर्दथ्यो । एमाले र माओवादी एक भएकाले अबको चुनावमा दुई वटा प्यानल हुने देखिएको छ । राप्रपा र मधेसवादी दलहरुले पनि यसपालीको चासो देखाइरहेका छन् । उनीहरुको सहकार्यले माने राख्ने देखिन्छ।

कांग्रेस र नेकपाका उम्मेदवारका बीचमा हुने प्रतिस्पर्धामा साना पार्टीको ‘रोल’ले केही प्रभाव पार्ने देखिन्छ । नेकपाबाट अब्दुल वाहिद मन्सुरी (चुन्ना)को नाम अगाडि सारिएको छ । कांग्रेसले पनि बलियो उम्मेदवार खोजिरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस