पारवाहनमा नयाँ फड्कोः तीन जलमार्ग र थप दुई नाकामा ब्लक कार्गो सुविधा दिन भारत सहमत

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ मंसिर ११, बुधबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

मंसिर ११, काठमाडौं । तेस्रो मुलुकसँग व्यापार तथा पारवाहनमा पहुँच विस्तार गर्न नेपाललाई तीनवटा जलमार्ग र थप दुई नाकासम्म ब्लक कार्गो ढुवानी सुविधा दिन भारत सहमत भएको छ। यो पारवाहन क्षेत्रमा नेपालका लागि नयाँ फड्को हो।

काठमाठौंमा मंगलबार सुरु नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन द्विपक्षीय बैठकमा नेपालको उक्त प्रस्तावमा भारतीय अधिकारीले सहमति जनाएका हुन् । वाणिज्य क्षेत्रका जानकारले यसलाई नेपालको पारवाहन क्षेत्रमा महत्वपूर्ण उपलब्धि भनेका छन् । नेपालले यस्तो सुविधाका लागि वर्षौंदेखि लबिङ गर्दै आएको थियो। नेपालको प्रस्तावप्रति भारतले एकै पटक सम्बोधन नगरी किस्ता–किस्तामा यस्ता सुविधा थप गर्दै आएको छ।

बैठकको नेतृत्व गरिरहका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले पारवहन सन्धि नवीकरण गर्दा महत्वपूर्ण विषय थप गर्ने सहमति भएको बताए । ‘तीनवटा जलमार्ग र दुई नाकामा ब्लक कार्गो ल्याउने विषय सन्धिमा थपिने भएको छ,’ ढकालले भने, ‘यो नेपालको व्यापारिक क्षेत्रमा महत्वपूर्ण फड्को हो। यी विषय थपेर सन्धि नवीकरण हुनेछ ।’  नागरिक दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस