चार महिनामा मुलुकभर २ सय ७७ किलोमिटर सडक कालोपत्रे

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ मंसिर १३, शुक्रबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

मंसिर १३, काठमाडौं । संघीय सरकारले चालु आर्थिक वर्षको चार महिनामा मुलुकभर २ सय ७७ किलोमिटर सडक कालोपत्रे गरेको छ । सडक विभागले गत साउनदेखि कात्तिसम्म तीनसय १६ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेकोमा करिब २७७ किलोमिटरको काम सकिएको हो ।

यो लक्ष्य करिब ८८ प्रतिशत हो । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खर भौतिक पूर्वाधार मन्त्रीबाट रघुवीर महासेठलाई हटाएर बसन्तकुमार नेम्वाङलाई ल्याएका छन् ।

विभागका प्रवक्ता शिवहरि सापकोटाले बर्खाको बेला पनि अरवत खटिएकाले यो उपलब्धी हासिल गरेको दाबी गरे । ‘बर्खा सिजनमा पनि लगभग लक्ष्य हासिल भएका छ,’ उनले भने, ‘कालोपत्रे गर्ने उपयुक्त समय आएको छ, अब कामले गति लिन्छ ।’

सरकारले सडक निर्माणलाई उच्च प्राथमिकतमा राखेकाले बर्खामा पनि ८८ प्रतिशत लक्ष्य प्राप्त गर्न सफल भएको बताए । चालु आर्थिक वर्षमा १२ सय मिटर सडक कालोपत्रे गर्ने लक्ष्य सरकाले राखेको छ । नागरिक दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस