पौष ४, रसुवा । भारतबाट आउने प्याज अहिले ठप्प जस्तै छ । भारतिय प्याजको आयात बिना नेपालमा उत्पादन भएको प्याजले मात्र धान्न नसक्ने अबस्था रहेको छ । नेपाली बजारमा प्याजको अभाव भएसँगै पछि चिनियाँ प्याजको आयात भने बढेको छ । विगतमा थोरै मात्रामा चीनबाट नेपालमा प्याज आयात भइरहेकामा रसुवागढी नाकाबाट गएको मंसिर महिनामा मात्र चार लाख किलोग्रामभन्दा बढी प्याज आयात भएको छ ।
चिनिया प्याज रसुवागढी नाकाबाट दुई सातादेखि दैनिक कम्तीमा ५० देखि १०० टनका दरले आयात भइरहेको रसुवा भनसार कार्यालय टिमुरेले जनाएको छ । चालू आर्थिक वर्ष २०७६र०७७ को पाँच महिनामा ९ लाख १३ हजार किलो प्याज आयात भएको छ । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुन्यविक्रम खड्काकाअनुसार चार करोड ४० लाख मूल्य बराबरको प्याज रसुवागढी नाका हुँदै आयात भएको हो । पाछिल्लो पाँच महिनामा रसुवा भन्सार कार्यालयले प्याजको मात्रै ४६ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । भुकम्प पछि रसुवागढी नाकालाई अन्तराष्ट्रिय नाकाका रुपमा घोषणा गरेसँगै यहि नाकाबाट चिनका अधिकाँस सामाग्रीहरु आयात हुने गरेको छ ।