गरिमा विकास बैंकको शाखा धादिङवेशीमा, व्यावसायिक दृष्टिले धादिङवेशी उत्कृष्ट : बैंकका सञ्चालक बस्याल

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ पौष ७, सोमबार (५ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

पौष ७, धादिङ्गवेशी । गरिमा विकास बैंक लिमिटेडको नयाँ शाखा स्थापना गरिएको छ । आईतबार धादिङ निलकण्ठ नगरपालिका वडा नं.–३, धादिङ्गवेसीमा स्थापित धादिङ्गवेशी शाखा कार्यालयको औपचारिक रुपमा उद्घाटन कार्य सम्पन्न भएको छ । शाखा कार्यालयको उद्घाटन निलकण्ठ नगरपालिकाका नगर प्रमुख श्री भीम प्रसाद ढुंगानाले गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक श्री श्यामप्रसाद बस्यालले व्यावसायिक दृष्टिले प्रचुर सम्भावना बोकेको धादिङ्गवेशी आसपास क्षेत्रका उद्यमीहरुलाई आवश्यक पुँजी उपलब्ध गराई त्यस क्षेत्रको औद्योगिक तथा व्यवसायिक विकासमा महत्वपूर्ण भुमिका खोल्ने विश्वास रहेको बताए ।

यसैगरी उद्घाटन कार्यक्रममा धादिङ निलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानाले यस्ता बित्तिय सँस्थाहरुले आर्थिक जगेर्नामा टेवा पुग्ने तथा आर्थिक उपार्जनमा सहयोग मिल्ने बताए । उनले गरिमा बिकास बैँकको शाखा स्थापना सँगै नगरका जनतामा अझ बढी सहजता थपिएको समेत बताए । उक्त उद्घाटन कार्यक्रममा निलकण्ठ नगरपालिका वडा नं.–३ का वडाध्यक्ष होमनाथ रिजाल, धादिङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री, विकास बैंकका सञ्चालक विमल पाण्डू, नायब महाप्रबन्धक माधव प्रसाद उपाध्याय लगायतले मन्तव्य राखेका थिए ।

 

गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा, ५१ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेण्ट मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । विकास बैंकले २०७६ पौष ५ गतेसम्म ३६ अर्ब ५० करोड निक्षेप संकलन गरी ३२ अर्ब ७५ करोड कर्जा लगानी गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस