बागमती प्रदेशमा धान उत्पादन घट्यो !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ माघ ३, शुक्रबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

माघ ३, हेटौडा । बागमती प्रदेशमा यस वर्ष धान उत्पादन घटेको छ । गत वर्षको तुलनामा धान उत्पादनमा यसवर्ष १० प्रतिशतले गिरावट आएको प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

प्रदेशका १३ वटै जिल्लामा गरी यस वर्ष चार लाख ६३ हजार एकसय ७३ मेक्ट्रिक टन धान उत्पादन भएको छ । गत वर्षको तुलनामा ५३ हजार दुईसय ७७ टन कम हो । गरिमा धानको नक्कली बिऊ र फौजी किराको आक्रमणका कारणले धान उत्पादन घटेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस