बागमती प्रदेशमा १३ शीतभण्डार बनाउन ४५ करोड बजेट

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ माघ ८, बुधबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

माघ ८, काठमाण्डौ । बागमती प्रदेशले ४५ करोड लगानीमा १३ वटा शीतभण्डार बनाउँने भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारीसचिव डा. योगेन्द्र कार्कीका अनुसार आगामी आर्थिक वर्ष ०७७।७८ सम्म यस्ता शीतभण्डारगृह निर्माण सम्पन्न गरिसक्ने योजना छ ।

शीतभण्डारगृहका लागि सम्भाव्यता अध्ययन, विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) भइसकेको छ । आर्थिक वर्ष ०७४।७५ मा प्रदेश सरकारले शीतभण्डारको कार्यक्रम ल्याएको थियो । १३ वटै जिल्लामा शीतभण्डारगृह बन्नेछन् । प्रदेश सरकारको अनुदानमा स्थानीय तह वा सहकारी वा निजी क्षेत्रले शीतभण्डारगृह निर्माण र सञ्चालन गर्नेछन् । यसका लागि प्रदेश सरकारले अधिकतम ७० प्रतिशत अनुदान दिनेछ । शीतभण्डारका लागि हालसम्म बजेट निकासा भने नदिएको सचिव कार्कीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस