सिभिल बैंकको गण्डकी प्रदेशमा कार्यालय स्थापना

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ माघ १४, मंगलबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

माघ १४, काठमाडौ । सिभिल बैंक लिमिटेडले आफ्नो गण्डकी प्रदेश कार्यालय तथा शिवचोक शाखा पोखरा महानगरपालिकाको शिवचोक–१० मा स्थापना गरेको छ । बैंकको शाखाको उद्घाटन गण्डकी प्रदेशका मुख्य मन्त्री माननिय पृथ्वी सुब्बा गुरुङले गरेका छन् ।

उद्घाटन कार्यक्रमका मुख्य मन्त्री गुरुङले संघीय गणतन्त्र नेपालको अवधारणा बमोजिम सिभिल बैंकले प्रदेश कार्यालय तथा शिव चोक शाखा गण्डकी प्रदेशको पोखरा शिव चोकमा स्थापना गरी बैंकिङ कारोवार संचालन गरेकोमा खुशी व्यक्त गरे । बैंकको उपस्थितिविना “समृद्ध नेपाल, सुखी नेपाली” हुन नसक्ने र शिवचोक शाखाले यस क्षेत्रको वित्तीय गतिविधिलाई बढावा दिने विश्वास व्यक्त गरे ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सिभिल बैंकले आफ्ना वचतकर्ताहरु तथा उद्योगी, व्यवसायी, ग्राहकहरुको बैंकिङ आवश्कतालाई केन्द्रविन्दुमा राख्दै अन्य सम्पूर्र्ण सरोकारवालाहरुको हितलाई ध्यानमा राखी आफ्ना सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा बताए ।

सिभिल बैंकका अध्यक्ष इ। इच्छा राज तामाङ्गले सिभिल बैंकलाई यहाँसम्म पु¥्याउन सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद दिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस